काठमाडौं महानगरका नवनिर्वाचित मेयर साहले गरे पदवहाली (फोटो फिचर)



काठमाडौं।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

मेयर साहले नेपाली भाषा र नेपाल भाषामा सपथ लिएका थिए ।सपथ ग्रहणसंगै मेयर साहले काठमाडौँ महानगरपालोकाको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पनि पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।

उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् । यस्तै मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

तस्विर : ईश्वरराज ढकाल

प्रतिक्रिया दिनुहोस्