सम्पर्कविहीन तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो (फोटो फिचर)



काठमाडौं ।

तारा एयर थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँकोमाथि सानुसरे भन्ने स्थानमा छेतविच्छेद अवस्थामा भेटिएको छ । तारा एअरको ९ एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए। यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको थिए । विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ।

प्रतिक्रिया दिनुहोस्