दुर्घटनाग्रस्त बिमान खोज्न सेनाको हेलिकोप्टर उड्यो



काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमकालागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यको लागि काठमाडौबाट उडेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो ।

सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । जहाज दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन ।

मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ । सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाइएको हो । तारा एयरको विमानमा ६ विदेशीसहित १९ जना सवार छन् ।

प्रतिक्रिया दिनुहोस्