हराएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका



काठमाडौ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेते आसपासको पहाडमा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ । । टिटी तालभन्दा पारिपट्टी रहेको मानापाथी हिमाली क्षेत्र सुरू हुने ठाउँमा ठूलो आवाज आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको सशसत्र प्रहरी बल मुस्ताङका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनजंग कार्कीले जानकारी दिए ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्