भारतको सहयोगमा मुस्ताङको लोमान्थाङमा गुम्बा र विद्यालय भवनको उद्घाटन



काठमाडौं  ।

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको शुक्रबार उद्घाटन गरेकी छन् । उनले विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा २ करोड ६३ लाख रुपैयाँमा स्तरोन्नतिको काम भएको हो । जिल्ला समन्वय समिति मुस्ताङले यी दुई परियोजनाको कार्यान्वयन गरेको हो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक भएको दूतावासले जनाएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ । ‘यस परियोजनाको कार्यान्वयनले नेपालमा सामाजिक एवम् सांस्कृतिक पूर्वाधारको विकास र जनता जनताबीचको सम्बन्ध सुदृढ बनाउन भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्