कान्सको रेडकार्पेटमा अनौठा पहिरन सुरक्षा परिन् उत्कृष्ट १५ भित्र



विश्वभरका फिल्मकर्मीको उत्सवका रुपमा लिइने कान्स फिल्म फेस्टिभलको ७५औं संस्करण शनिबारसम्म चल्यो। यसपटक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा आधिकारिक रुपमा पहिलोपटक नेपाली अभिनेत्री सुरक्षा पन्तले पनि सहभागिता जनाउने अवसर पाइन्।

फ्रान्स, इटाली र बेल्जियमको सहनिर्माणमा बनेको फिल्म द एट माउन्टेनको केही अंश नेपालमा पनि छायांकन गरिएको थियो भने उक्त फिल्ममा सुरक्षाले पनि सानो भूमिका निर्वाह गरेकी थिइन्।

सोही फिल्म कान्समा छानिएपछि सुरक्षाले पनि त्यसमा सहभागिता जनाउने मौका पाएकी हुन्। कान्समा सहभागी हुने खबरसँगै चर्चामा रहेकी सुरक्षा कान्सको रेड कार्पेटमा देखिएपछि झन् चर्चा चुलिएको छ। रेड कार्पेटमा सुरक्षाले पहिरेको रातो रध्रको गाउनले पनि चर्चा पायो। तेन्जिध्र छेतेन भुटियाले डिजाइन गरेको उक्त पहिरन संसारभरका अभिनेत्रीहरुले पहिरेको आकर्षक १५ पहिरनभित्र पर्न सफल भएको छ।

नेदरल्यान्डस्को एक सञ्चारमाध्यमले ब्युटी एन्ड फेसन विधामा प्रकाशन गरेको समाचारमा सुरक्षाले पहिरेको उक्त आकर्षक रातो पहिरन पनि समावेश छ। नेपालको सात प्रदेश झल्किने गरी सातवटा मुजा राखिएको आकर्षक गाउनमा सुरक्षा निकै आकर्षक देखिएकी थिइन्। उनीसहित कान्समा अन्य देशका सेलिब्रेटीले पहिरेका केही आकर्षक पहिरन यस्ता छन् :


कान्समा नेपालको पहिलो पाइलास्वरुप रेडकार्पेटमा रातो पहिरनमा खुलिन् सुरक्षा ।

 


अभिनेत्री डीडी
स्टोनले कान्सको रेड कार्पेटमा पहिरेको पहिरन अनौठो प्रकारको थियो। मरमेड शैलीको भुइँमा छरिएको स्कर्टका साथमा माथिल्लो भागमा घाìटीदेखि कम्मरसम्म सुनौलो फूलले सजाइएको थियो।

 


जर्मन अभिनेत्री लीली क्रुगले पहिरेको आकर्षक स्टोननेट गाउन।


फ्रेन्च अभिनेत्री एरिस मिटनायरले कान्सको रेडकार्पेटमा फर्मल ड्रेस पहिरेकी थिइन्। तर, उनले सर्टको सबै टाँक भने खुल्लै राखेकी थिइन्।

 

 


तुर्किस मूलकी बेल्जियन अभिनेत्री मेरियम उजेरिलले पहिरेको बेबी बल्यु गाउनमा फ्लाइँ बटरफ्लाई लुक।

 


अभिनेत्री इसाबेल अदजानीले फिल्म फरएभर यँको प्रिमियरमा पहिरेको पहिरन।

बलिउड अभिनेत्री ऐश्वर्या रायले पहिरेको फूलले सजिएको पहिरन।

प्रतिक्रिया दिनुहोस्