शिर मेमोरियल अस्पतालमा, रोटरीले दियो स्वास्थ्य सामाग्री



काभ्रे । 

काभ्रेको बनेपामा रहेको जिल्लाकै पुरानो अस्पताल शिरमेमोरियललाई रोटरी क्लब अफ धुलिखेल, बनेपा, बालाजु र सिगाँपुर रोटरीको सहयोगमा आपतकालीन शैयाको सुधारका लागि ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

धुलिखेल रोटरीका पुर्व अध्यक्ष रन्जिब श्रेष्ठले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र अस्पतालका निमित्त कार्यकारी अधिकृत सुन्दर थापालाई उक्त सामाग्री एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले जिल्लाकै पुरानो अस्पताल भएकाले सेवा सुविधा बिस्तार गर्न उक्त सामाग्रीले सहयोग पुग्ने बताउनु भयो ।

अस्पतालले उपलब्ध गराउँदै आएको सेवालाई अझै थप प्रभावकारी बनाउँदै नागरिकलार्य थप सुबिधा प्रदान गर्न अस्पताल प्रशासन तयार हुनु पर्ने र नगरपालिकाले त्यसका लागी आवश्यक सहयोग गर्ने शाक्यले बताउनु भयो । सरकारले लागु गरेको स्वास्थ्य विमा सेवा सेवा शिर मेमोरियल अस्पतालले पनि अनुमति लिई जनतालाई सेवा दिनु पर्ने शाक्यको भनाई थियो ।

अस्पतालका निमित्त कार्यकारी अधिकृत सुन्दर थापाले ६० बर्ष पुरानो अस्पतालले अस्पतालमा भएका कुनै पनि सेवा दिन कमी नगरेको बताउनु भयो । सिमित स्रोत र साधनबाट सञ्चालन गर्नु परेको अस्पतालमा स्थानीय सरकारबाट थप सहयोग प्राप्त भएमा सेवा विस्तार गर्न सकिने थापाले बताउनु भयो ।जिल्लाकै पुरानो र विदेशीसम्म उपचार गर्न आउने अस्पतालमा सेवामा कमि भएको थापाले बताउनु भयो । सहयोगी सस्था रोटरीलाई धन्यबाद दिदै थापाले स्वास्थ्य उपकरणबाट ईमरजेन्सी वार्डमा बिरामीहरुलाई दिने सेवामा थप सहज हुने विश्वास गर्नु भयो ।

इमरजेन्सी वार्ड र आईसियु वार्डमा स्वास्थ्य उपकरणहरु चुस्त दुरुस्त राखी बिरामीको उपचारमा कमि हुन नदिने भएकाले उपलब्ध सामाग्रीबाट थप सहजता हुने थापाले बताउनु भयो । कार्यक्रममा अस्पतालका कार्यवाहक अध्यक्ष सुर्य प्रभा शाक्यले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, अस्पतालका मेडिकल अफिसर डा. एन्जिला बस्नेत, धुलिखेल रोटरीका अध्यक्ष जयबहादुर राई, रोटरी क्लब अफ काभ्रे बनेपाका अध्यक्ष रुकमणी तिमल्सिना, अस्पतालका कर्मचारी युनियनका उपाध्यक्ष रितु श्रेष्ठ लगायतले अस्पतालले दिएका सेवाका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व अस्पतालका निमित्त कार्यकारी अधिकृत शुन्दर थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्