हरित हाईड्रोजन प्रविधि प्रर्वद्धन गर्न, विश्वविद्यालय र विद्युत्त प्राधिकरणबीच सम्झौता



काभ्रे । 

काठमाडौ विश्वविद्यालय र नेपाल विद्युत्त प्राधिकरणबीच नेपालमा नेपालमा हरित हाइड्रोजन प्रवीधिको प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल विद्युत्त प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गले सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रर्वद्धन गर्नेछ । प्राधिकरणले २०७९ बैशाख ७ गतेको ९०७ औँ बोर्ड बैठकले स्वीकृत गरेको घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युतको राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन सम्बन्धी विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई औपचारिकता दिएको विद्युत्त प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गले बताउनु भयो ।

प्राधिकरणले ३ करोड रुपैया सम्झौता पछि परियोजनाका लागि विश्वविद्यालयलाई उपलब्ध गराउने छ । नेपालमा जलविद्युतको अधिकतम उपयोग गर्न शैक्षिक क्षेत्रले कसरी योगदान पु¥याउन सक्छ भन्ने विषयमा केहि वर्ष अघि देखि छलफल सुरु भएको बताउँदै काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले बताउनु भयो । ग्रीन हाइड्रोजनका योजना र आयोजना कार्यान्वयन गर्न केयूमा पर्याप्त स्रोत साधन रहेकाले आयोजना सफल बनाउनु पर्ने उहाँले बताउनु भयो ।

सम्झौतामा हरित हाइड्रोजन प्रविधिको पाईलट–स्केलमा अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँद मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने जस्ता बुदाँहरुमा सहकार्य गर्ने उल्लेख छ । सम्झौतामा नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोगमा तीनवटा स्नात्तकोत्तर तह र विद्यावारिधी तहका कार्यक्रमहरू समेत प्रदान गर्ने उल्लेख गरिएको छ । दुवै संस्थाका स्रोत साधनको उपयोग पारस्परिक हितका क्षेत्रमा एक अर्काका गतिविधिलाई सुदृढ बनाउन सहयोग पुग्नेछ । कार्यक्रममा डिन प्रा.डा. मनिष पोखरेल, सह प्राध्यापक विराजसिंह थापा, डा. राम लामा र हरराज न्यौपाने लगायतले धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्