माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष राईमाथि दुर्व्यवहार, चार दलको निन्दा



खोटाङ ।

नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि दुर्व्यवहार भएको छ । राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पूर्ण राईले गए राति करिब ११ बजे गाली गलौज गरी कठालोमा समात्दै दुब्र्यवहार गरेका हुन् ।

६० वर्षको उमेरमा आफूमाथि दुव्र्यवहार भएकोप्रति राईले दुःख व्यक्त गरेका छन् । जालपास्थित निजी निवासमा बसिरहेको बेला हातपात समेत गर्ने पूर्ण एमालेका स्थानीय कार्यकर्ता भएको नेता टंक राईको भनाई छ । भर्खरै सम्पन्न स्थानीय तहको निवाचनमा हारको प्रतिशोधमा आफूमाथि पटक–पटक आक्रमणको प्रयास समेत भएको नेता राईले जनाए ।

उक्त घटनाको भत्र्सना तथा निन्दा गर्दै जिल्लास्थित चार राजनीतिक दलले दोषिमाथि कार्बाहीको माग गरेको छ । बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले घटनाको भत्र्सना गरेको हो । कांग्रेसका जिल्ला सभापति बिष्णु राई, माओबादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे(आकास), एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जलशेर राई र जसपाका जिल्ला अध्यक्ष टंक थापाको हस्ताक्षर रहेको विज्ञप्तीमा घटनाको सत्य–तथ्य पत्ता लगाई दोषिमाथि कडा कार्वाहीको माग गरिएको छ ।

यसैबीच, दुव्र्यवहारको आरोपित पूर्ण राई पनि घाइते भएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताएका छन् । घाइतेलाई स्थानीय जनसेवा सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइदै गरेको डिएसपी लम्सालको भनाई छ ।

खास घटना कसरी घटेको हो भन्ने अनुसन्धान भइरहेको लम्सालले बताए । यता घाइते राई मादक पदार्थ सेवनगरी अन्तै लडेर टाउको फुटाएर आफ्नो घरमा आईपुगेको नेता टंक राईको दावी छ । पुर्ण राईले पैसा माग्दै कठालो समातेर आक्रममणको प्रयास गरेपछि गुहार माग्दा स्थानीयहरु भेला भएर आफूलाई बचाएको राईले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्