तनहुँमा कांग्रेस पहिलो पार्टी



तनहुँ ।

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २ सय ५० सिटमा विजय हासिल गरेको छ । उक्त संख्यामा विजय हासिल गरेसँगै कांग्रेस जिल्लामा पहिलो ठूलो पार्टी बन्न सफल भएको छ ।

जिल्लाको १० पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखसहित कांग्रेसले उक्त सिटमा विजयी हासिल गरेको हो । १० पालिकामा प्रमुख र उपप्रमुख गरी जिल्लाभर २० जना उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्ष ८५, महिला सदस्य ८५, दलित महिला सदस्य ८५ र वडा सदस्य १ सय ७० गरी कूल ४ सय ४५ जना उम्मेदवार विजयी भएका छन् ।

तीमध्ये कांग्रेसले ४६ वडाध्यक्ष, महिला सदस्य ४७, दलित महिला सदस्य ४७ र वडा सदस्य १ सय पदमा विजयी भई पहिलो पार्टी बनेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यसै गरी, नेकपा एमाले दोस्रो भएको छ । एमालेबाट चार प्रमुख र दुई उपप्रमुख सहित १ सय ५५ सिटमा विजयी भएको छ । २८ वडाध्यक्ष, महिला र दलित महिला ३२–३२ र वडा सदस्य ५७ सिटमा विजयी हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले एक प्रमुख र तीन उपप्रमुखसहित ३४ सिट जितेर तेस्रो बनेको छ ।

वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य ६ र वडा सदस्य १२ जना विजयी भएका छन् ।स्वतन्त्रबाट चार वडाध्यक्ष, एक महिला सदस्यमा विजयी भएका छन् भने राप्रपाका एक वडा सदस्यमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्