दुर्गामानको राष्ट्रिय कीर्तिमान



काठमाडौं । 

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नया“ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन् ।

राजाराम सिलवाल दोश्रो भए । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए । उनले ६० केजी तौल उठाए । दीपक तिमल्सिना दोश्रो तथा सोमनाथ राई तेश्रो भए ।

६५ केजीमा ठाकुर श्रेष्ठले शीर्ष स्थान हात पारे । उनले ९० केजी उचाले । निर्मल श्रेष्ठले रजत तथा विष्णुपुकार श्रेष्ठले कांस्य जिते । ७२ केजीमाथि किरणकिशोर सापकोटाले ९० केजी वजन उठाउदै स्वर्ण जिते । शरद पौडेल दोश्रो तथा भरत विसी तेश्रो बने । महिला खुलामा सरिता थुलुङ पहिलो भइन् । सरिताले ५२ केजी भार वहन गरिन् । निर्मला भण्डारी दोश्रो तथा टिना महर्जन तेश्रो भए ।

प्रतिक्रिया दिनुहोस्