सुन्दरी प्रतियोगिता प्रकरण : पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । सुन्दरी प्रतियोगिताको नाममा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अदालतले अनुमति दिएको छ । आरोपित पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

गत शनिवार प्रहरीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिवार र आइतवार (दुई दिन) सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई आज (सोमवार) अदालतमा उपस्थित गराएको हो । उनलाई मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत प्रहरीले म्याद लिएको छ ।

सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाएर अभियुक्तले किशोरीको बलात्कार गरेको पाण्डेमाथि आरोप छ । गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्