ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउने : मन्त्री यादव



काठमाडौँ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सुचना प्रविधीको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने उद्घोस गरेका छन् ।बिहीबार राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री यादवले दिक्षीत विद्यार्थीहरुलाई नेपालमै बसेर कृषि क्षेत्रमा सुचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयतमुखि मुलुकबाट परिवर्तन गरी निर्यातमुखि मुलुकमा परिणत गर्न आव्हान गरे । उनले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि लर्ड बुद्धको एपीयु सँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताए ।

उक्त कर्यक्रमको अध्यक्षता गरिरहेका पंकज जालानले मुलुककै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेकोमा आफूलाई गर्व लागेको बताए ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (ब्एग्), मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमै अन्तराष्ट्रिय सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तराष्ट्रिय शिक्षा उपलब्ध गराउदैं आएको छ ।

१५० जना विद्यार्थी दिक्षित भएको यस कार्यक्रमा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्