पट्याएको मतपत्र खोल्ने बित्तिकै बालेनको लौरो चिन्हमा एकछापे !



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना र अद्यावधिक विवरण सार्वजनिक हुनेक्रम जारी नै छ । भर्खरै अद्यावधिक भएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो अग्रता कायमै छ ।

बालेनले ११ हजार ६३२ मतको अग्रता लिएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित ५३७३ मतले पछाडि छन् । एमालेका स्थापितले ६ हजार २५९ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभा गृहमा जारी छ । त्यहाँका एकगणकका अनुसार मतपेटिकामा खसालिएको मतपत्र झिकेर पल्टाउने बित्तिकै स्वतन्त्र उम्मेदवार बालेनको लौरो चिन्हमा स्वस्तिक छाप एकछापे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्