लमजुङ मर्स्याङ्दी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



लमजुङ । 

पश्चिम लमजुङको मर्स्याङदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । गठबन्धनका उम्मेदवार लोकनाथ घिमिरेलाई पराजित गर्दै एमालेका अर्जुन गुरुङ अध्यक्षमा विजय हुनुभएको छ ।

अध्यक्ष गुरुङले ६ हजार १ सय ३० मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथ घिमिरले ४ हजार ३ सय ६९ मत प्राप्त गर्नुभएको छ । त्यसै गरि गठबन्धनका उम्मेदवार अजय तामाङलाइ १ हजार ८ सय ८५ मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार जुन थापा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँले ५ हजार ८ सय ९५ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत प्राप्त गर्नुभएको छ । ९ वटा रहेको मर्स्याङ्दीमा वडा नम्बर १, २ , ३ , ७ र ८ मा एमालेले जितेको छ । वडा नम्बर ४, ५ , ६ र ९ वडामा नेपाली कांग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्