भरतपुरमा गठबन्धनका उम्मेदवार र एमालेबीच कडा टक्कर : रेणु दाहालभन्दा विजय सुवेदी २३ मतान्तरले अगाडि



चितवन । भरतपुर महानगरको सत्ता गठबन्धनकी साझा एवम् नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल र प्रतिपक्षी दल नेकपा (एमाले)का विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार १४ हजार ७३० मत गणना हुँदा सुवेदीले ४ हजार ९५३ मत प्राप्त गरेका छन् । रेणुले ४ हजार ९३० प्राप्त गरेकी छन् ।

अग्रता लिइरहेका एमाले उम्मेदवार सुवेदीलाई रेणुले पछ्याई रहेकी छन् । यसअघि सुवेदीसँग ५४ मतान्तर रहेकोमा रेणुले २३ मतमा झारेकी छन् भने सुवेदी २३ मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्