घरभित्रै पसेर उम्मेदवारमाथि खुकुरी प्रहार



कैलाली  ।

प्रतिपक्षी दल नेकपा एमालेबाट गोदावरी नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी र उनको परिवारमाथि सत्तासाझेदार दल नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । बुधबार राति कांग्रेसका कार्यकर्ताले घरमै पसेर चौधरी र उनको परिवारमाथि खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट एमाले वडाध्यक्षका उम्मेदवार चौधरी, उनकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ बिन्तीराम चौधरी, भाइबुहारी वसन्ती चौधरी, भतिजा रविन चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिकाको–६ बडेहामा एमालेका वडाध्यक्षका उम्मेदवार चौधरीको घरमै पसेर उनीहरूले यस्तो घटना घटाएका हुन् । चौधरी र उनको परिवारले खाना खाएर बसिरहेको थाहा पाएपछि कांग्रेसका कायकर्ताले खुकुरी प्रहार गरि आक्रमण गरेका थिए ।इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले घटनाका दोषीहरूको खोजी भइरहेको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्