मतदान गर्न गएका वृद्धको मृत्यु



बैतडी । 

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षिय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो ।

भाटको आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर पुग्नेबेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्