पैसाको बिटो बोकेर गाउँ छिरेका माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप



पश्चिम रुकुम । पैसाको बिटो बोकेर गाउँ पसेपछि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

पश्चिम रुकुम चौरजहारी नगरपालिका-१० खोलागाउँमा माओवादी केन्द्रका कार्यकर्ताले पैसाको बिटो ल्याएर उम्मेदवारले नै मतदातालाई पैंसा बाँडिरहेको फेला पारेपछि दुई दलका कार्यकर्ताबीच झडप भएको हो ।

उक्त झडपमा परि पाँचजना घाइते भएका छन् । झडपमा परेका पाँचै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी विष्णुप्रसाद सोती जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्