
अघिल्लो सातासम्म घटेको सेयर बजार यो साताको सुरुवात आइतबारबाट निरन्तर उकालो लाग्दै आएको छ । साताको पहिलो दिन आइतबार २२ सय ३८ अंकबाट बढ्न सुरु भएको सेयर बजार बुधबारसम्म १३० अंकले बढेर २३ सय ६९ अङ्कमा पुगेको छ।
बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५२ अंकले बढेर ४ सय ५६ अङ्कमा पुगेको छ । नेप्सेमा २२९ कम्पनी सेयर खरिदबिक्री हुँदा ९ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने २०९ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् ।
सेयर बजारमा उछाल आउँदा बरुण हाइड्रो पावर कम्पनी, गणपति लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, राधी हाइड्रो सिनर्जी हाइड्रो ,युनियन , र युनिभर्सल पावर कम्पनीले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन् । नेप्सेमा जम्मा ९ कम्पनीका सेयरधनीले गुमाएका छन् ।
नेप्सेको सब इन्डेक्स तर्फ नन् लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २४३ अंकले वृद्धि भएको छ भने लाईफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक , हाइड्रो पावर कम्पनी, माइक्रो फाइनान्स सेक्टरमा १०० अङ्क बढीको वृद्धि भएको छ।