राष्ट्रपति भण्डारीद्धारा संसद् अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद् अधिवेशनको आह्वान गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीद्धारा संसद् अधिवेशन आह्वान गरिएको हो ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्