बुटवलमा सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी



बुटवल । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्वनिर्धारित चुनावी सभा तालिकाअन्तर्गत आज (शनिबार) बुटवलमा गठबन्धनले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको हो ।

बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)का नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

निर्वाचनमा चुनावी एकता गरि सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

सत्ता गठबन्धनले चुनावी सभा तथा शक्ति प्रदर्शन विहान ११ बजे गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्