शौचालयमा प्रयोगकर्ताहरुको हात स्वच्छताको परिक्षण



काठमाडौं ।

हात सफा राखौं सुरक्षित रहन एकजुट होऔं भन्ने नारासहित विश्वभर हातको स्वच्छता दिवस मनाइकाे छ । शौचालय प्रयोग पछि यस्लाई प्रारम्भिक कक्षा देखि सिकाउनु पर्ने आवश्यकता लाई औंल्याउँदै मानिसको व्यवहार परिवर्तन नै स्वस्थ जीवन यापनका आधार भएको कुरा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका प्रमुख प्रशासक नोड‌नारायण चौधरीले बताउनुभयाे ।

विश्व हातको स्वच्छता दिवस ५ मे काे अवसरमा परम्परागत र अत्याधुनिक शौचालय प्रयोगकर्ताहरुको शौचालय प्रयोग गर्नु अघि र प्रयोग पश्चात हात धोएको पानीको नमुनाको परिक्षण ललितपुर महानगरपालिकामा रहेको सार्वजनिक शौचालयमा विश्व स्वास्थ्य संगठन  खानेपानी तथा ढल व्यवस्थापन विभाग हिक्याफ ३६० राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, एरोशान सस्टेनेवल स्यानिटेशन र गैर सरकारी संस्था गुथिको संयुक्त आयोजनामा ३ दिन अनुसन्धान अध्ययन गरिएको थियो ।

अनुसन्धानको क्रममा परम्परागत तथा आधुनिक शौचालयमा प्रयोग हुने धाराको पानीको गुणस्तर परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि किटाणुको संक्रमण देखियो भने आधुनिक शौचालयको धाराको पानीमा गुणस्तर राम्रो रहेको र कुनै किटाणुबाट संक्रमण नभएको अध्ययनमा पाईएको थियो ।

परम्परागत र आधुनिक शौचालयका प्रयोगकर्ताहरुको शौचालय प्रयोग गर्नु अगाडि र प्रयोग पश्चात हात धोएको पानीको नमुनाको परिक्षण गर्दा परम्परागत शौचालयमा इकोलि किटाणुको संक्रमण रहेको पाइएको छ भने आधुनिक सार्वजनिक शौचालयको प्रयोगकर्तामा इकोलि किटाणुको संक्रमण नरहेको पुष्टि गरेको छ ।एरोशान हव सार्वजानिक शौचालयमा स्रोतको पानी स्वच्छ र किटाणुरहित पाईनुका साथै प्रयोग कर्ताहरूले अनिवार्य शौचालय प्रयोग पछि हात धुनुले यस्को महत्व र उपादेयता लाई थप महत्व दिएको एरोशान का कार्यकारी प्रमुख प्रकाश अमात्यले भन्नुभयो।

राजा राम पोटे श्रेष्ठ, प्रतिनिधि, विश्व स्वास्थ्य संगठनले हात धुने सामान्य बानीले ८० प्रतिशत पानी जन्य रोगको रोकथाम गर्न सकिने भएकोले शौचालय प्रयोग पछि अनिवार्य हात धुने र शौचालय को अवस्था लाई व्यापक सुधार गर्नुपर्ने कुरा मा जोड दिंदै समुदाय मा आधारित भएर हात धोएर पानी परिक्षण गरि सचेतना फैलाउन राष्ट्रिय अभियान गर्न सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्