जीवन बीमा कम्पनीसँग अन्तरक्रिया



काठमाडौं ।

बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग काठमाडौंमा बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेकोउल्लेख गर्नुहुँदै कम्पनीले एक वर्षभित्र पँुजी वृद्धि गर्नै पर्ने बताउनुभयो ।

लगानी अनुरूको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो–‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो ।

सक्नेले पुँजी बढाउनुप-यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप¥यो । पँुजी वृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीलाई पुँजी वृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनी बीमकको पुँजी वृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्