सुर्खेतमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, उम्मेदवार नै गम्भीर घाइते



सुर्खेत । सुर्खेतमा सत्तासाझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । बादेपिपलमा कांग्रेस र एमालेका र कार्यकर्ताबीच झडप भएको हो ।

हिजो (बिहीबार) राति ११ बजे झडपमा परि सिम्ता गाउँपालिका–६ का वडाअध्यक्ष उम्मेदवार उपेन्द्र सिंह गम्भीर घाइते भएका छन् । सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेपछि झडप भएको हो ।

वडाअध्यक्ष उम्मेदवार सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्