१० हजारदेखि १० लाखको यात्रामा धर्मश्री



काठमाडौं ।

वि.सं २०४२ सालबाट शुरु भएको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण बैशाखको २३ र २४ गते आयोजनाको हुँदैछ ।यसपटक धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन् ।जुन नेपाली खेलकुदको क्षेत्रमा व्यक्तिगत विधा तर्फकै सर्वाधिक पुरस्कार राशीसमेत हो । यो गत संस्करणको भन्दा दोब्बर राशीहो । यसपटक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने १६औं संस्करणको धर्मश्री को ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा करिब चार सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूको बीचमाअन्तिम प्रतिस्पर्धा पछि च्याम्पियन छानिनेछ ।प्रतियोगिताको विजेताले १० लाख, उप विजेताले पाँच लाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । त्यसैगरी,प्रतियोगितामा चौथो हुने खेलाडीले डेढ लाख, पाँचौंले एक लाख, छैटौंले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्तगर्नेछन् । प्रत्येक तौल समूहका उप विजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिने छ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उप विजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी पहिलो पटक धर्म श्रीमा समावेश गरिएको म्यान फिजिक्स ओभर अल र महिला फिटनेश ओभर अलतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशःदुई लाख, एक लाख र पचास हजार नगद पुरस्कार पाउने छन् ।

कुनै बेला लिप्नु पर्ने माटोको भुई र कसरत गर्दा धूलो उड्ने इतिहास बोकेको व्यायाम शालाले धर्मश्रीलाई अहिलेको अवस्थासम्म ल्याइपु-याउन सोचेभन्दा धेरै चुनौतीहरूको सामना गरेको नेपाल ब्यायाम मन्दिरका अध्यक्षनारायण प्रधान बताउनुहुन्छ । २०३८ सालमा ब्यायाम मन्दिरमा छिरेका उहाँ पुराना दिन सम्झदै भन्नुहुन्छ–“सोचे भन्दा धेरै चुनौतीहरूको सामना गरेर यहाँसम्म आइपुगेका छौं । व्यायाम मन्दिरभित्रको भुइँलाई सातामा एकपटक माटोले लिप्नु पथ्र्यो । कसरत गर्ने औजारहरू पनि बढी जसो काठबाट निर्मित थिए । धर्मश्रीको पहिलो र दोस्रो संस्करणमा नगद पुरस्कार नराखिए पनि तेस्रो संस्करणका विजेता रविन्सन शाक्यलाई पहिलो पटक नगद १० हजार प्रदान गरिएको थियो । अहिले धर्मश्रीले १६औं संस्करण तय गर्दा पुरस्कार १०लाख पुगेको छ । धर्मश्रीले १० हजारदेखि १० लाखसम्मको यात्रागर्दा थुप्रै उता रचढावको झेलेको छ ।”

प्रतियोगिताको लागि सरकारी तहबाट सोचे अनुसार सहयोग नभएको उहाँ दुखेसो पोख्नु हुन्छ ।उहाँले भने–“प्रतियोगिताका लागि अहिले हाम्रो खर्च ९० लाखको हाराहारीमा छ । काठमाडौंका मेयर विधा सुन्दर शाक्यको पहलमा प्राप्त सहयोगले भने यसपटक हामीलाई केहीहदसम्म राहत मिलेको छ । यसपटक काठमाडौं महानगरपालिकाकै मुख्य प्रायोजन रहेको छ । त्यस्तै, ब्रिटिस गोर्खाली सेभिङ्ग एन्ड क्रेडिटको अपरेटिभ लिमिटेडबाट पनि १० लाख सहयोग प्राप्तभएको छ भनेविभिन्न संघ संस्था र व्यक्तिगत तर्फबाट पनि निरन्तर सहयोग प्राप्त भइरहेको छ । तर, खेल सम्बद्ध सरकारी निकायबाट भने हामीलाई कुनै सहयोग मिलेको छैन ।

मलाई लाग्छ सरकारको जिम्मेवार निकायमा बस्नेहरूले पनि व्यायाम सँग नाता गास्नुपर्छ । जब सम्म स्वस्थ शरीर र स्वस्थ मानसिकता बन्दैन तबसम्म समाजलाई पनि स्वस्थ बनाउन सकिँदैन । खेलकुद र खेलाडीको भावनालाई बुझ्ने मान्छेहरुको बहुमत सरकारमा भएमा बडी बिल्डिंगले मात्र होइन सम्पूर्ण नेपाली खेल जगतले नै फड्को मार्नेछ ।यदि, नियमित रूपमा सरकारी सहयोग र प्रायोजकहरूको साथ पाउने हो भने अवश्य पनि भविष्यमा हामी धर्मश्रीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताकै रूपमा आयोजना गर्न सक्षम हुने छाैं ।”अहिले नेपाली खेलकुदको व्यक्तिगत विधाकै सर्वाधिक पुरस्कारधर्म श्रीमा राखिएको छ ।

जसलाई चौथो धर्मश्री विजेता सागर ताम्राकार निकै सकारात्मक मान्नुहुन्छ । उहांले धर्मश्री जित्दा दुई किस्तामा गरी १५ हजार पाएको सम्झंदै अहिले राखिएको १० लाख पुरस्कारले यो खेलमा लाग्नेलाई उत्साह मिल्ने बताउनुभयो । त्यसैगरी,छैटौं धर्मश्री विजेताजीवनगिरीले पनि १० लाख पुरस्कारलाई यो खेलप्रतिको नै सम्मानको रुपमा लिनुहुन्छ । उहां धर्मश्री प्रतियोगितालाई नेपालकै मिस्टर ओलम्पिया सरह मान्नुहुन्छ । त्यसैगरी आठौं धर्मश्री विजेता हरिश श्रेष्ठ पनि १० लाख पुरस्कारले प्रतियोगिताको स्तर वृद्धि हुने र समय सापेक्ष नै भएको बताउनुहुन्छ । उहां भन्नुहुन्छ–“२०५८ सालमाधर्मश्री च्याम्पियन हुँदा मैले ५० हजार पाएको थिएं ।

मलाई लाग्छ त्यतिबेला ५० हजार पनिअहिले जस्तै ठूलै धनराशीको व्यायाममा गनिन्थ्यो ।”१३औं धर्मश्री विजेता तथा वल्र्ड बडी बिल्डिंग एन्ड फिजिक्स च्याम्पियनशीपका स्वर्ण विजेता महेश्वर महर्जन भने १० लाख पुरस्कार यो खेलका लागि सन्तोषजनक मान्नुहुन्छ । यो खेलमा तयारीका लागि ठूलो धनराशी खर्च हुने भएकोले १० लाख पुरस्कारले खेलाडीमा उत्साह थपिने बताउनुहुन्छ । त्यस्तै, १५औं धर्मश्री विजेता मिलनसिजा पतिले पनिहाल राखिएको पुरस्कारले अबआउने पिंढीमा यो खेलप्रति रुचि बढाउन मद्दत पु-याउने बताउनुहुन्छ । उहां भन्नुहुन्छ–“धर्मश्री उपाधि जित्नु मात्रपनि महत्वपूर्ण कुरा हो, त्यस माथि अहिलेको पुरस्कारले त खेलाडीलाई थपऊर्जा दिनेछ ।”

यसपटक पुरस्कार मात्र होइन,विधा पनि थपिएका छन् ।नयाँ विधाको रूपमा महिला फिटनेश तथा पुरुष फिजिक्स थप गरिएको हो । यस पटकदेखि समावेश महिला स्पर्धाले धर्मश्रीमा नयाँ अध्यायको थालनी भएको छ ।वास्तवमा नेपालमा महिला बडी बिल्डिंग स्पर्धाको शुरुवात पनि धर्मश्रीबाट नै भएको हो । प्रसिद्धिका रायमाझी महिला बडी बिल्डिंग रूपमा स्टेजमा उत्रने पहिलो नेपाली महिला हुन् । १०औं धर्मश्रीमा प्रदर्शनी स्पर्धाका रुपमा रायमाझी स्टेजमा उत्रेकी थिईन् । त्यसयता अन्य प्रतियोगिताहरूमार्फत् नेपाल ब्यायाम मन्दिरले निर्मला महर्जन, रजनी श्रेष्ठ जस्ता कुशल महिला बडी बिल्डर जन्माइ सकेका छन् ।

वि.सं २०१० मा स्थापित नेपाल व्यायाम मन्दिरले शहिद धर्म भक्तमाथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । पहिलो र दोस्रो संस्करणमा तौल समूहको मात्र प्रतियोगिता गर्दै आईरहेकोमा तेस्रो संस्करण २०५० सालबाट प्रत्येक तौल समूहका विजयी खेलाडीहरूको अन्तिम प्रतिस्पर्धामा विजयीलाई धर्मश्री विजेताको रूपमा पुरस्कृतर सम्मान गर्ने परम्पराको थालनी गरेको हो । २०५० सालमा पहिलो पटक रविन्सन शाक्यले धर्मश्रीको उपाधि हात पारेकाथिए । त्यसपछि, २०५३ मा सागर ताम्राकार, २०५४ मालालबहादुर गुरुङ्ग, २०५५ माजीवनगिरी, २०५७ र २०५९ मा नरेश महर्जन, २०५८ मा हरिशश्रेष्ठ, २०५९ मा नरेश महर्जन, २०६२ र ६४ मा सानु गुरुङ्ग, २०६८ मालोकेन्द्र परियार, २०७१ मा महेश्वर महर्जन, २०७३ माअर्जुन वर्णवाल र २०७५ मामिलन सिँजा पतीले धर्मश्रीको ताज पहिरि सकेका छन् ।

हुनत नेपालमा बडी बिल्डिंगको वर्तमान अवस्थालाई सन्तोषजनक मान्न सकिंदैन । विभिन्न काल खण्डका बाधा अड्चन छिचोलेर धर्मश्रीको १६औं संस्करणसम्मको यात्रालाई ठूलो उपलब्धिको रूपमा नै मान्नुपर्ने हुन्छ । कुनै पनि खेलकूद प्रतियोगिता शहीदको नामबाट आयोजना गरिएको पनि यो नै पहिलो हो । जसले साढे तीन दशक भन्दा लामो समयदेखि निरन्तरता पाइरहेको छ । राज्यले शहीदको भावनालाई उचित कदर गर्न नसकिरहेको अवस्थामा शहीदको सम्मानमा सम्पूर्ण खेल जगतकै प्रतिनिधित्व गरेर नेपाल व्यायाम मन्दिरले धर्मश्री आयोजना गर्दै आइरहेको छ ।

विगतदुई वर्ष कोभिड–१९ काकारण खेल क्षेत्र अस्त व्यस्त हुँदा धर्मश्री पनि नियमित समयमा हुन सकेन । कोभिडका कारण गरिएको लकडाउनबाट व्यायाम शालाहरू सबै भन्दा प्रभावित बनेको थियो । त्यस माथि  प्रतिस्पर्धा नै गर्ने उद्देश्यका साथ यो खेललाई रोज्नेहरू पनि कमै छन् । तर, स्वस्थ शरीर र स्वस्थ सोच र स्वस्थ समाज निर्माणका लागि भने व्यायाम अपरिहार्य माध्यम हो । जसमा धर्मश्री जस्तो ठूलो धनराशी रहेको प्रतियोगिताले सुनमा सुगन्धको कामगर्नुका साथै १० हजारदेखि १० लाखसम्म पुरस्कार पु-याउने नेपाल व्यायाम मन्दिरको योगदान अतुलनीय छ ।

प्रतिक्रिया दिनुहोस्