लाइफ इन एलए अमेरिकापछि नेपालमा



आगामी जेठ ६ गते रिलिज हुने फिल्म लाइफ इन एलएको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच टझेलर सार्वजनिक गरिएको छ।
दुई मिनेट ५५ सेकेण्ड लामो टेझलरमा प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको जीवनशैली प्रस्तुत गरिएको छ।

त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्ममा गौरव पहारी, ब्यास बिस्सु, आकेशा विस्ट, शिल्पा मास्के, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै, अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतका कलाकारले अभिनय गरेका छन्।

सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा प्रताप दास र कविता श्रेष्ठ स्वर, एलिस कार्की र प्रतीक पौडेलको संगीत, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको छ। ब्यास इन्टरटेनमेन्टको प्रस्तुतिमा ब्यास बिस्सुद्वारा निर्मित फिल्म अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भइसकेको छ। संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाका लागि राजेन्द्र ठकुराथी निर्माता रहेका छन् भने दीपक वली एसोसियट निर्देशक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्