सशस्त्र प्रहरीको आईजीपीमा राजु अर्याल



काठमाडौं ।

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई बढुवा गरिएको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

अर्याल वैशाख १४ गते एआईजीपीमा बढुवा भएसँगै आईजीपीका एकल दाबेदार थिए । सशस्त्र प्रहरी बलमा एआईजीबाट मात्रै आईजीपी बनाउने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्