जनप्रतिनिधिलाई पुनः जनप्रतिनिधि बन्ने मौका



जाजरकोट ।

जिल्लाका सातवटा स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहमा २०७४ मा निर्वाचित जनप्रतिनिधिले पुनः जनप्रतिनिधि बन्ने मौका पाएका छन् । पाँच दलीय सत्ता गठबँन्धनबाट केहीले उम्मेदवार बन्ने मौका पाएका हुन् ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष शिवा आचार्य पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । शाह नेपाली कांग्रेसबाट गाउँपालिका उम्मेदवार बनेका छन् भने आचार्य माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार हुन । पाँच दलीय सत्ता गठबन्धनको समर्थनमा उनीहरु पुनः उम्मेदवार बनेका हुन् ।

त्यस्तै कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत पनि पुनः अध्यक्षका उम्मेदवार बनेका बनेका छन् । बस्नेत कांग्रेसबाट अध्यक्षको उम्मेदवार हुन् ।

त्यसैगरी भेरी नगरपालिकाकाे प्रमुखमा चन्द्रप्रकाश घर्ती (सिपी) पुनः नगरप्रमुखको उम्मेदवार बनेका छन् । घर्ती प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट नगर प्रमुखको उम्मेदवार बनेका हुन् । त्यस्तै छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पुनः नगरप्रमुखको उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्