चौतारामा माओवादीका दुई पक्षबीच झडप : नगरपालिकामा तोडफोड, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार



सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा माओवादीका दुई पक्षबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको लागि टिकटका विषयमा झडप भएको बताइएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र सोही पार्टीको अर्को पक्षबीच झडप भएको हो ।

झडपबाट नगरपालिकामासमेत तोडफोड भएको छ । झडपलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको तथा केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्