विश्वदेवले कुटाइ पनि खाए, मेयरको टिकट पनि गुमाए !



गोरखा ।

नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका लागि उम्मेदवार सिफारिस गरेका विश्वदेव श्रेष्ठले अन्तिममा टिकट नै ‘गुमाए’ का छन् । उनले टिकट मात्रै गुमाएनन् कुटाइ पनि खाएका छन् । उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा पुगेका विश्वदेवलाई पार्टीभित्रकै विरोधी कार्यकर्ताले हातपात गरेका थिए ।

यसअघि हालका मेयर राजनराज पन्तलाई पुनः दोहोर्याउनु पर्ने भन्दै कांग्रेस कार्यकर्ता तथा समर्थकले पार्टी कार्यालयमा तालबान्दीसमेत गरेका थिए । विवाद बढ्दै गएपछि पन्तलाई नै उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस् : कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

प्रतिक्रिया दिनुहोस्