कांग्रेस हेटौंडा उपमहानगर उपप्रमुखको उम्मेदवार राजेश बानियाँ



काठमाडौं ।

हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख पदको टिकट नेपाली कांग्रेसका राजेश बानियाँले पाएका छन् ।

हिजो (आइतबार) बसेको नेपाली कांग्रेस मकवानपुर संसदीय समितिको बैठकले हेटौंडाको उपमेयरको टिकट बानियाँलाई दिने निर्णय गरेको हो ।

बानियाँ हेटौंडा उपमहानगरपालिका- ५ का बहालवाला अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उनी वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी कांग्रेस क्षेत्रीय सभापति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्