माओवादी केन्द्रको उद्घोष : चुनावी घोषणापत्र सार्वजनिक नगर्ने, सम्बन्धित स्थानीय तहले नै बनाउने

स्थानीय तह निर्वाचन



काठमाडौं ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको चुनावका लागि घोषणा पत्र नबनाउने भएको छ ।

माओवादी केन्द्रले स्थानीय तहको चुनावका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । उक्त अपिलअनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

नेता बस्नेतले स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए । उनले भने, ‘हामीले गत चैतमै अपिल बाँडेका छौं, सोही अपिलका आधारमा स्थानीय तहले आआफ्नो घोषणा पत्र बनाउँछन् ।’

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्