काठमाडौंको मेयरमा प्रकाशमानकी पत्नी सिर्जना सिंह



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस महाधिवेशन प्रतिनिधि सिर्जना सिंहलाई उम्मेदवार बनाउने पक्का भएको छ ।

आज मध्यान्हसम्म सभापति शेबहदुर देउवाले तीन महानगर र तीन उपमहानगरमा मेयर तथा उपमेयरको नाम टुंगो लगाउने स्रोतले बताएका छ ।
स्रोतका अनुसार सभापति देउवाले सिर्जनालाई मेयरको टिकट दिने पक्का भएको छ । सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् ।

सिंह महिला संघ काठमाडौंको सल्लाहकार पनि हुन् । उनलाई मेयर उठाउनुपर्ने महिला संघ र काठमाडौं नेविसंघले माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्