महिला गोल्डकपमा पुलिस च्याम्पियन



धनगढी । 

नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।

वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगिताअन्तर्गत फाइनलमा एपीएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् ।उपाधिसँगै पुलिसले पाँच लाख तथा उपविजेतामा सीमित एपीएफले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा पुलिसकी निर्मला सर्वोकृष्ट खेलाडी भइन् । उनले नगद ५० हजार प्राप्त गरिन् । प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पँजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सञ्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपीएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बँ उत्कृष्ट मिडफिल्डर भए । उनीहरूले जनही १० हजार नगद पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्