मुगुमा सत्ता गठबन्धन बिच मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय



वीरबहादुर बम,मुगु ।

सत्तापक्षीय गठबन्धनका दलहरु बीच स्थानीय तहको निर्वाचनमा तालमेल बारे सहमति हुन नसक्दा छ। मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गदै दलहरु छुटीएका छन । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको दोस्रो निर्वाचनमा सत्ता पक्षिय दलहरु बीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगु जिल्लामा पनि तालमेल गर्न दिनहुँ जसो सहमतिका लागी सत्तापक्षीय नेताहरु बैठक बस्दै आएका थिए ।

शुक्रबार पालिका प्रमुख र उपप्रमुख बारे सहमति नजिक पुगेका दलहरु शनिबार वडा बाँडफाँडमा सहमतिमा पुग्न नसकेपछि सत्तापक्षीय दलहरुसंग मात्र स्थानीय तहहरुमा आवश्यकता र औचित्य आधारमा गठबन्धन गर्ने तर अन्य दलसंग तालमेल गर्न नपाउने, चुनावमा सत्ता पक्षीय दल विच मित्रवत प्रतिष्प्रर्धा गर्ने निर्णय गदै बैठक टुंगीएको नेपाली कांगेस मुगुका सभापती ऐन बहादुर शाहीले बताए ।

जिल्लामा सहमती हुन नसकेपछि पालिका स्तरमा सत्तापक्षिय दलहरु विच तालमेल हुने विश्वास लिईएको छ । उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन आउन केहि घण्टा बाँकी रहदै गर्दा जिल्लाबाटै पालिका देखि वडासम्मको भागबण्डा हुने विश्वासमा बसेका नेता कार्यकताहरु एक्कासी शनिवार साझ मित्रवत प्रतिस्पर्धाको निर्णय आएपछि अब आ–आफना पार्टीको वडादेखि पालिकासम्मका उम्मेदवार छनौटमा जुटेका छन् ।

नगरप्रमुख र उपप्रमुखको उम्मेवारी कांगे्रस प्रदेश समितीले टुंगाउने भएपनि गाँउपालिका र वडाका उम्मेदावारको टुन्गो जिल्ला कार्यसमितीले लगाउने भएपछि आज रातभरीसम्म उम्मेदवार टुंगाउने तयारी कांगेस मुगु जुटेको छ । नेकपा एमालेले भने उम्मेदवार टुंगो लगाईसकेको छ । मुगुमा एक नगरपालिका र तीन गाउँपालिका तथा ४५ वडा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्