दक्षिण एसियाली टेटेका लागि खेलाडी छनोट



काठमाडौं । 

दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष ध्रर्ममान वज्रचार्यले जनाएका छन् ।

क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गल्र्समा इभाना थापा र वियंका राई रहेका छन् । जुनियरको ब्वाइजमा संयोग कपाली, रुविन महर्जन र सुजन गडाल छन् । गल्र्समा अन्जु सुवाल, मन्जु सुवाल र शुभश्री श्रेष्ठ छनोट भए । प्रतियोगिता माल्दिभ्सको मालेमा बैशाख २५ देखि २९ गतेसम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस्