बार्सिलोना घरेलु मैदानमा क्याडिजसँग स्तब्ध



लन्डन । 

बार्सिलोना घरेलु मैदानमा रेलिगेसन जोनमा रहेको क्याडिजसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो ।बार्सिलोनालाई स्तब्ध पार्न क्याडिजका लुकास पेरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

नोउ क्याम्पमा सोमबार राति भएको खेलमा बल पोसेसन राख्दै पाहुना टोलीलाई दबाबमा राखे पनि बार्सिलोनाले क्याडिजको रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । बार्सिलोनाले लगातार दोस्रो हार बेहोर्दा ला लिगामा साताँ खेलपछि जित यात्रामा पूर्णविराम लागेको छ । बार्सिलोनाले ला लिगामा स्पान्योलसँग २–२ गोलको बराबरीपछि सात खेलसम्म लगातार जित निकालेको थियो ।

यो हारले बार्सिलोनाको उपाधि जित्ने सम्भावना झिनो बनेको छ । एक खेल कम खेलेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ । बार्सिलोना ३१ खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । समान ६० अंक नै रहे पनि सेभिया र एट्लेटिको म्याड्रिड तेस्रो र चौथो स्थानमा रहेको छ । शीर्षस्थानको रियलको ७५ अंक छ । बार्सिलोनालाई हराएको क्याडिजले रेलिगेसन जोन छाडेको छ । क्याडिजको ३२ खेलबाट ३१ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्