बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प



बझाङ ।

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।  आज  बिहान ६ बजेर ३ मिनेट तिर भूकम्पको पराकम्प गएको हो । दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्र विन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङ सहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्