काठमाडौं ।
निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफूलाई कानुन विपरीत निलम्बन गरिएको भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । मन्त्रिपरिषद्को उक्त निर्णय खारेजीको माग गर्दै उनि सर्वोच्च अदालत पुगेका हुन् ।
आर्थिक संकट सिर्जना हुनुमा गभर्नरको कमजोरी रहेको, गोप्य सूचना चुहाएको, सरकारलाई सहयोग नगरेको लगायतका आरोप लगाउँदै अधिकारीलाई निलम्बन गरिएको थियो ।