कलाकर्मी विभूषित



विभिन्न विधाका दुई दर्जन कलाकार्मी विभुषित भएका छन्। गृह मन्त्रालयद्वारा बिहीबार महाराजगञ्जस्थित राष्टझपति भवनमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान पुड्डयाउने व्यक्तित्वहरुसँगै राष्टझपति विद्यादेवी भण्डारीले कला क्षेत्रका करिब दुई दर्जन कलाकर्मीलाई विभिन्न मान पदवी र पदकबाट विभूषित गरेकी हुन्। विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहिबार राष्टझपति भण्डारीले प्रदान गरेकी हुन्।

सो अवसरमा स्वर सम्राट नारायण गोपाललाई मरणोपरान्त तेस्रो ठूलो सर्वोच्च सम्मान महाउज्जवल राष्टझदीपबाट सम्मान गरिएको छ भने संगीतकार शम्भुजित बास्कोटालाई अर्को ठूलो विभुषण सुकिर्तिमय राष्टझदीपबाट विभुषित गरिएको छ।

गायक भक्तराज आचार्य, गीतकार कालीप्रसाद रिजालका साथमा गायिका स्व. रानुदेवी अधिकारीलाई मरणोपरान्त सुप्रबल जनसेवाश्रीबाट विभुषीत गरिएको छ भने निर्देशक तथा कलाकारहरु रमेश बुढाथोकी, गौरी मल्ल, हेमन्त बुढाथोकी, दीपाश्री निरौला, प्रकाश घिमिरे र नवल खड्कालाई प्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ।

त्यस्तै कलाकारहरु अनमोल केसी, केकी अधिकारी, मिलन चाम्स, कमल गाउँले, श्यामसुन्दर रिजाल, निर्माता राजकुमार राई, संगीतकर्मीहरु विष्णु माझी, देविका बन्दनालाई, हेमन्त शर्मा, प्रकाश सपूत, चन्द्रप्रसाद शर्मा, कुलेन्द्र विश्वकर्मा, कस्तुप पन्त, नवीनकुमार पौड्याल, राधिका हमाल, नृत्यकार महेश प्रकाश हाडा, मैथिली कलाकार रन्जु झा र नृत्य कलाकार तेरिया फौजा मगरलाई जनसेवाश्री पदकबाट विभूषित गरिएको छ। सरकारले संविधान दिवसको अवसरमा घोषणा गरिएका मानपदवी नयाँ वर्षको अवसरमा पारेर प्रदान गरेको हो।

प्रतिक्रिया दिनुहोस्