भेटायो एप सञ्चालन



काठमाडौं ।

छिटो र सजिलो तरिकाले घरेलु तथा व्यावसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट शुरू भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

भेटायोको सुरुआत खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको छ । हामीले ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी तपाईंकै घरदैलोमा व्यावसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि हामीले यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरेका हौं । जहाँ हाम्रा प्रयोगकर्ताहरूले भरपर्दो र व्यावसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्छन् ।

हाम्रो एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकताअनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखी भेटायो सेवाको स्थापना गरेका हौं । भेटायो शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउने कम्पनीले जनाएको छ ।यसबाट आफ्नो आवश्यकता पूरा गर्न एक अनुभवप्राप्त प्राविधिकबाट छिटो र सजिलो सेवा लिन सकिन्छ । हाम्रो एपमा क्लिक गर्नेबित्तिकै तपाईंले सत प्रतिशत ग्राहक सन्तुष्टिको साथ आफ्नो घर वा व्यवसायमै अनुभवी र प्रशिक्षित सेवा पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्