हिमाल सरसफाइ अभियान २०२२ मा कोका–कोलाको साथ



काठमाडौं  ।

नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासःहाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दै छ ।

अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार हो ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य हो ।

सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटर भन्दा अग्ला हिमाल सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकाय पनि सहभागि छन् । चैत्र २२ देखि जेठ ५ सम्म सञ्चालनहुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ ।

संकलन भएका सबै फोहोरहरू उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिने कोकोकोलाले जनाएको छ । प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।

हिमाल सरसफाइ अभियानका क्याम्पेन डिरेक्टरले भन्नुभयो–हिमालहरू हाम्रा राष्ट्रिय गौरव हुन् र हाम्रो यस हिमाल सरसफाई अभियानको नारा ‘हिमाल बचाउने प्रयास:  हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ अनुसार समुदाय र भावी पुस्ताको लागि हिमालहरूको संरक्षण र सरसफाई गर्ने हाम्रो कर्तव्य हो।यसको साथ–साथै यी हिमालमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउनको लागि पनि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरूसँग मिलेर काम गरीरहेका छौँ ।

यसमा हामीलाई कोका–कोला फाउन्डेसन् र अन्य सम्पूर्ण सरोकारवाला निकायहरूबाट प्राप्तनिरन्तर साथ र सहयोगको लागि हामी आभारी छौँ ।कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भन्नुभयो–‘हिमालहरू सफा गर्ने र यसै कामको लागि समान विचारधारा भएका साझेदारलाई एकताबद्ध गराउने नेपाली सेनाको प्रयास वास्तवमै सराहनीय छ ।’

प्रतिक्रिया दिनुहोस्