रिहाना सर्वाधिक धनी



चर्चित हलिउड गायिका रिहाना अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने खर्बपतिको सूचीमा परेकी छन्।
योसँगै उनी सबैभन्दा धनी महिला संगीतकर्मीको सूचीमा परेकी छन्। यति मात्र नभई बारबोडसमा जन्मिएकी रिहाना आफ्नो देशकै पहिलो खर्बपतिसमेत बनेकी छन्।

फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार उनीसँग हाल १.७ बिलियन डलर कुल सम्पत्ति रहेको छ। गीत संगीत तथा आफनो कस्मेटिक कम्पनी फेन्टी ब्युटीको माध्यमबाट उनी पहिलोपटक यो सूचीमा परेकी हुन्। उनले सन् २०१७ मा एक फ्रेन्च लग्नजरी फेसन ब्युटी कम्पनीसँगको सहकार्यमा उक्त कम्पनीको सुरुवात गरेकी थिइन्।

जसमा उनको ५० प्रतिशत सेयर रहेको छ। बारबडोसमा जन्मिएकी रिहानालाई केही समयअघि मात्र त्यहाँका प्रधानमन्त्री मिया मोटलीले नेसनल हिरोको उपाधि दिएकी थिइन्। गायक आस्प रकीका साथ प्रेम सम्बन्धमा रहेकी रिहाना छिट्टै आफ्नो पहिलो बच्चाकी आमा बन्दै छिन्।

प्रतिक्रिया दिनुहोस्