बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै



बाजुरा ।

बैतडीमा टाइफाइडविरुद्धको खोप अभियान शुरु भएको छ । अभियानअन्र्तगत ७८ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।जिल्लाका १० वटै स्थानीय तहका बालबालिकालाई अभियानकै रूपमा टाइफाइड खोप लगाइन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । चैत २९ गतेसम्म जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका शिवनाथ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । खोप अभियान वैशाख ८ गते सम्पन्न हुनेछ ।

यस्तै सुर्नया गाँउपालिकामा वैशाख ४ गते देखि ६ गते सम्म र मेलौली नगरपालिकामा वैशाख ४ देखि ८ गते सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइने खोप अभियानका लागि ६ सय २० स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक पनि परिचालन गरिएका छन् । अभियानका लागि ५ सय ८६ खोप केन्द्रहरु तोकिएका छन् । खोप केन्द्रहरु विद्यालय, स्वास्थ्यचौकीमा राखिएका छन् ।

टाइफाइड खोप एक मात्रा दिइन्छ । टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई टाइफाइडविरुद्धको खोप पहिलोपटक दिन लागिएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
बाजुरामा ५८ हजारलाई खोप लगाइनेबाजुराका ५८ हजार ८ सय १ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । शुक्रबार खोप समन्वय समितिले एक कार्यक्रम गरी सो जानकारी गराएको हो ।

बाजुरामा वैशाख ४ गतेदेखि ८ गतेसम्म टाइफाइटविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दायकृष्ण पन्तले बताउनुुभयो । खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको उहाँको कथन छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो । भौगोलिक विकटताका कारण बाटोको समस्या, विद्यार्थीको भर्ना अभियान तथा आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गरी वैशाख ४ गतेदेखि अभियान सञ्चालन गर्ने तय भएको प्रमुख पन्तले बताउनुुभयोे ।

प्रतिक्रिया दिनुहोस्