पर्वतमा २३ हजार मतदाता थपिए



पर्वत

गत स्थानीय तहको निर्वाचनमा भन्दा पर्वतमा यसपटक २३ हजार मतदाता बढेका छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता अध्यावधिक गर्दा १ लाख २२ हजार ५० मतदाता कायम भएको हो ।

पर्वत जिल्लामा गत निर्वाचनमा ९९ हजार २ सय ४३ मतदाता रहेकोमा अहिले बढेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । दाबीविरोधमा २०७४ यता मृत्यु भएका तथा दोहोरो नामावली परेकाको नाम हटाइएको निर्वाचन कार्यालयले जनाएको छ । गतसाता जिल्ला निर्वाचन कार्यालयले चुनाव चिह्नका लागि निवेदन आह्वान गरेकोमा राष्ट्रिय दलबाट एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीले निवेदन दिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले भने निवेदन नदिएको शर्माले बताउनुभो । त्यसबाहेक क्षेत्रीय दलमा राप्रपा नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), विवेकशील साझा पार्टीले निवेदन दिएका छन् । १४ साना दल पनि निर्वाचनमा भाग लिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्