पीएसजीले एमबाप्पेलाई आकर्षक प्रस्ताव राख्ने



एजेन्सी । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लियन एमबाप्पेलाई क्लबमै राख्न १ सय ५० मिलियन पाउन्डको प्रस्ताव राख्ने तयारी गरेको छ । फ्रेन्च वान लिग क्लब पीएसजीले एमबाप्पेलाई आगामी दुई सिजनको लागि प्रस्ताव गर्ने स्पेनिस फुटबल विशेषज्ञ गुइलेम बालागेले बताएका हुन् । २३ वर्षीय फ्रेन्च फुटबरको पीएसजीसँगको सम्झौता अवधि यसै गृष्म सिजनमा सकिँदैछ ।

एमबाप्पेले एक महिनाअघि नै स्पेनीस लिग क्लब रियल मेड्रिडको आकर्षक प्रस्ताव स्विकार गरेका थिए । तर, पीएसजीले उनलाई क्लबबाट कतै जान नदिन वार्षिक तलब २१ मिलियन पाउन्डको प्रस्ताव गर्न गइरहेको छ । यस्तो प्रस्ताव ल्याए पनि स्पेनिस मिडियाले एमबाप्पे मेड्रिडमा जाने दाबी पनि गरेको छ ।

गत आइतबार लिग वानको खेलमा जित हात पारेपछि एमबाप्पले आफूले कुनै निर्णय नलिएको मिडियालाई बताएका थिए । पीएसजीका कतारी मालिकले एमबाप्पेलाई नयाँ सम्झौतामा हस्ताक्षर गराउन दबाब दिइरहेका छन् । विश्वकप २०२२ पछि पनि क्लबसम्मै रहनेगरी उनलाई नयाँ सम्झौता गराउनुपर्ने कतारी मालिकको आदेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्