स्वास्थ्य बिमा सुरु गरेको ६ वर्ष पुरा



काठमाडौं । 
नेपालमा स्वास्थ्य बिमा सुरु गरेको शुक्रवार ६ वर्ष हुँदै छ । यो अवधिमा कुल जनसंख्याको २० दशमलवभ शून्य ३ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । यस मध्ये सेवा लिनेको संख्या ३९ दशमल्भ २९ प्रतिशत रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदार बर्षौलाले विहिवार आयोजित पत्रकारहरूसँगको छलफल कार्यक्रममा बताउनुभयो ।
७७ जिल्लामा हाल सम्म ७ सय ४५ स्थानीय तहमा मात्र स्वास्थ्य बिमा कार्यक्रम लागु भएको र भर्खरै कार्यक्रम सुरु गरिएकाले धेरै कमी कमजोरीहरू भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा बर्षौलाले हाल सम्म स्वास्थ्य बिमा गर्ने महिलाको संख्या धेरै भएको बताउनुभयो । स्वास्थ्य बिमा गर्ने प्रदेश नं १ मा ३७ प्रतिशत रहेका छन् भने मधेस प्रदेशमा सबैभन्दा कम ५ दशमल्भ ९३ प्रतिशत रहेको पनि बताउनुभयो ।
स्वास्थ्य बिमा अन्र्तगतको सेवा सरकारी, निजी र सामुदायिक अस्पतालहरूले दिँदै आएका छन् तर जनशक्तिको अभावमा धेरै बिरामीको चाप धान्न नसक्दा बिमा कार्यक्रम नै बन्द गर्ने सम्मका सूचनाहरू बेला बेलामा आउने गरेका घटनाका विषयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै बर्षौलाले यस्ता समस्याको समाधान बिमितलाई त्रसित बनाएर हैन बिमा बोर्ड र अस्पतालबिच छलफल हुनु जरुरी छ भन्नुभयो । हाल सम्म कात्तिक सम्मको बिमा दाबी भुक्तानी भैसकेको र आगामी दिनमा प्रत्येक महिनाको गर्ने प्रयासमा काम भइरहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बिमा बोर्डले समयमा भुक्तानी दाबीको फर्छयोट नगर्दा अस्पतालहरु धरासायी बन्दै गएको र सेवाग्राही मर्कामा परेको बिषयलाई ध्यानमा राखी आगामी दिनमा अनुगमन, मूल्यांकन गर्ने र  स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा गएर उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी अब आफ्नै मोबाईलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले प्रयोगमा ल्याउन लागेको मोबाईल एप्लिकेसनको माध्यमबाट बिमितले सो जानकारी पाउने व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।  । बीमा बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा यहि २५ चैत देखि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउँने बताउँनुभयो ।
‘अब बिरामीले अस्पतालमा उपचार गरेर बाहिर निस्कँदा आफ्नो मोवाइलमा कति पैसा उपचारमा खर्च भएछ भनेर हेर्न सक्छ । अर्थात अस्पतालले उपचार गरेवापत बीमा बोर्डसंग कति पैसा दावी गरेछ भन्ने जानकारी पाउँछ । यसले जनतालाई पनि सहज हुने र दावी रकममा पनि पारदर्शीता कायम हुने विश्वास छ,’ बोर्डका सूचना अधिकारी सोभियत रिजाल भन्नुहुन्छ ।
उहाँले एप्समा के के उपचार भयो ? त्यसमा कति खर्च भयो ? अब कति रकम बाँकी छ भन्नेबारेका सबै विवरण सहज ढंगले थाहा हुने बताउँनुभयो । यस्तै नविकरण गर्ने बेलामा सूचना आउने, बोर्डका अन्य सूचना र योजनाहरु सहज ढंगले प्राप्त हुने र अनलाईबाटै नविकरण गर्न समेत मिल्ले व्यवस्था बोर्डले गर्दै गरेको जानकारी गराउँनुभयो । विसं २०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा सुरु भएको छ । अहिले प्रति परिवार ( पाँच जना) ले बार्षिक ३ हजार ५ सय रुपैयाँ रकम तिर्दा १ लाख रुपैयाँ सम्मको उपचार लिन सकिन्छ । १० जना बराबरले सुविधा लिँदा २ लाख बराबरको सुविधा लिन सकिन्छ रिजाल भन्नुहुन्छ ।
हाल सम्म नेपालमा ४ सय ४१ अस्पताल बीमा बोर्डमा सूचिकृत भैसकेको पनि उहाँले जानकारी गराउँनुभयो । उहाँले यो जानकारी गराई रहँदा पाल्पाको अस्पतालले आउँदो बैशाख ५ गते सम्म बीमा बोर्डले दाबी भुक्तानी नगरे बीमा सेवा अन्र्तगतको स्वास्थ्य सेवा दिन नसक्ने भन्दै बीमा बोर्डलाई पत्राचार गरेको सूचना बाहिरिएको थियो । यस्ता सूचना आउँनुको पछाडि बीमा बोर्डमा जनशक्ति नहुनु, कर्मचारी भर्ती बोर्डले गर्न नपाउँनु, स्वायत रुपमा बीमा बोर्ड नहुनु प्रमुख कारण भएको महानिर्दैशक बर्षौला बताउँनुहुन्छ  ।

प्रतिक्रिया दिनुहोस्