मर्स्याङ्दी नदीमा व्यावसायिक र्‍याफ्टिङको तयारी



लमजुङ ।

सातौं लमजुङ महोत्सवको अवसरमा मस्र्याङ्दी नदीमा व्यावसायिक जलयात्रा र्‍याफ्टिङ गर्ने तयारी भएको छ । पछिल्लो समय जलयात्राको रौनक हराउँदै गएकोले मस्र्याङ्दी नदीमा पर्यटन पवद्र्धनका लागि छोटो दूरीको र्‍याफ्टिङ र मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा बोटिङ गर्ने तयारी भएको हो ।

विश्वकै उत्कृष्ट १० मध्येको मर्स्याङ्दी नदीमा पछिल्लो समय जलयात्राको रौनक हराउँदै गएको छ । जिल्लामा विभिन्न समयमा आयोजना गरिएका मेला महोत्सवमा ¥याप्mटिङ हुँदै आए पनि दीर्घकालीन व्यवसायले भने निरन्तरता पाउन सकेको छैन । जलयात्राका लागि नेपालकै उत्कृष्ट गन्तव्यको रूपमा परिचित मर्स्याङ्दी नदीमा निर्माण भएका विभिन्न जलविद्युत् आयोजनाका कारण र्‍याफ्टिङ तथा कायाकिङ प्रभावित भएको हो । यद्यपि, जलयात्रा गर्न चाहानेहरूका लागि महोत्सवको अवसरमा पारेर छोटो दूरीको प्याकेज तयारी गरिएको लमजुङ महोत्सव आयोजक समितिले जनाएको हो ।

अघिल्ला वर्षहरूमा आयोजना भएका लमजुङ महोत्सवको अवसरमा मर्स्याङ्दी नदीमा सञ्चालनमा ल्याइएको र्‍याफ्टिङमा धेरैको आकर्षण बढे पनि यसले निरन्तरता पाउन सकेको छैन । यसअघिका महोत्सवहरूमा पनि बेसीशहरको चनौटेदेखि उदिपुरस्थित मध्य मर्स्याङ्दी ड्यामसम्म करिब ४ किलोमिटर क्षेत्रमा परीक्षण गरी र्‍याफ्टिङ सञ्चालन भएको थियो ।

मर्स्याङ्दी नदीमा जलयात्रा छोटो भए पनि निकै रोमाञ्चक भएको अनुभवीहरू बताउँछन् । प्राकृतिक सुन्दरता रुचाउनेका लागि र्‍याफ्टिङ पर्यटक आकर्षण गर्ने श्रोत बन्न सक्ने पर्यटन व्यवसायीहरूको धारणा छ ।

लमजुङमा मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनाको निर्माणपछि बाँधका कारणले र्‍याफ्टिङमा प्रभाव परे पनि बाँधसम्म भए पनि र्‍याफ्टिङ सञ्चालन गर्नसके पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । जलयात्रामा रुचि राख्नेहरूको मागबमोजिम महोत्सवका बेला जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा छोटो समयका लागि भए पनि सशुल्क बोटिङ प्याकेज राख्ने तयारी गरिएको महोत्सव आयोजक समितिले जनाएको हो ।

एकदशक अघिसम्म मस्र्याङ्दीको र्‍याफ्टिङ लमजुङको भुलभुलेबाट शुरू भएर चितवनको नारायणगढ पुगेपछि टुङ्गिन्थ्यो । भुलभुलेदेखि नारायणगढसम्मको र्‍याफ्टिङमा पाँच दिन लाथ्यो । तनहुँको खैरेनीमा मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण भएपछि तीन दिनमा छोटिएको जल यात्राले मजुङको उदीपुरमा मध्य मस्र्याङ्दी जलविद्युत् आयोजना बनेपछि यात्रा झनै छोटियो भने जलयात्रीहरू पनि आउन छोडेका हुन् ।

जलयात्री पर्यटक नआउँदा मर्स्याङ्दीको रौनक त हराएको छ नै आम्दनी स्रोत पनि गुमेको छ । यसको रौनकलाई कायम राख्न महोत्सवको अवसर पारी प्रवर्धनात्मक रूपमा छोटो दूरीको जलयात्रा र बोटिङ कार्यक्रम राखिएको लमजुङ महोत्सव पर्यटन प्रवर्धन उपसमिति संयोजक कृष्णजङ गुरुङले बताउनुभयो ।

जिल्लामा रहेका परम्परागतकला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानी मैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्ने एवम् स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्