पूर्वराजाले नयाँ वर्ष मेची क्राउनमा मनाउने



काठमाडौं, (नेस) ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह नयाँ वर्ष मनाउन झापाको धुलावारीस्थित मेची क्राउन होटेल जाने कार्यक्रम तय भएको छ । निर्मल निवास स्रोतका अनुसार चैत २९ देखि वैशाख ४ गतेसम्म पूर्वराजारानी होटलमै बस्ने कार्यक्रम तय भएको छ । पूर्वराजारानी चैत २९ गते क्राउन होटेलमा पुगेपछि अन्य पाहुना आउने कार्यक्रम तय भएको छ । काठमाडौंबाट कति पाहुना सहभागी हुन्छन् भन्ने यकिन नभए तापनि स्रोतका अनुसार करिब दुई दर्जन आफन्त भेला हुने सम्भावना छ ।

यही चैत ११ गते झापाको हिमालय टी स्टेट पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको नयाँ वर्षको कार्यक्रमपछि थप कार्यक्रम आउन सक्ने स्रोतले बतायो । परिवारका सदस्यमध्ये बुहारी हिमानी शाह, दुई नातिनी पूर्णिका र कीर्तिका थाइल्यान्डमा र नाति हृदयेन्द्र उच्चशिक्षा अध्ययनको सिलसिलामा अमेरिका रहेकाले दुई जनामात्र भ्रमणमा निस्कनुभएको हो । उहाँहरूको साथमा निजी सचिव डा. सागर तिमल्सिना र केही कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्